नेपाल भारत पत्रकार मन्च गठन - Butwal Online
नेपाल भारत पत्रकार मन्च गठन

भैरहवा, २७असार । भैरहवामा सम्पन्न नेपाल र भारतका पत्रकारहरुको भेलाले नेपाल भारत पत्रकार मन्च गठन गरेको छ । भारतको उत्तर प्रदेशका विभिन्न जिल्लाका ३१ जना प्रतिनिधी पत्रकार र नेपालको प्रदेश ५ का १२ जिल्लाका प्रतिनिधी पत्रकारको भेलाले उक्त मन्च गठन गरेको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोकाको सभापतित्वमा सम्पन्न भेलाले नेपाल तर्फबाट नरेश के.सीलाई संयोजक चयन गरेको छ । यसैगरी भारत तर्फबाट गजेन्द्र त्रिपाठी संयोजक चयन भएका छन् ।

नेपाल तर्फ बैठकहुदा नेपालको संयोजक र भारत तर्फ बैठक हुदा भारतको संयोजकले अध्यक्षता तथा नेतृत्व गर्नेगरी चयन गरिएको उक्त समितीमा नेपालको सदस्यहरुमा प्रदीप आचर्य (नेपाल), अमृत गिरी –नेपाल), कमल रायमाझी –नेपाल), रशाद लारी –भारत), रितेश मिश्रा –भारत), आलोक जोसी( भारत), दिपेन्द्र बडुवाल –नेपाल), मनोरन्जन शर्मा (नेपाल), शरद दीप(भारत), अरुण मुन्ना(भारत), भगवति पाण्डे( नेपाल), सतिष पाण्डे(भारत), भेषराज बस्नेत –नेपाल), तारा चन्द –नेपाल), गिरु भण्डारी –नेपाल) , दशरथ घिमिरे –नेपाल), अजित सिंह(भारत), निरज श्रीवास्ताव –भारत), शारदा मल्ल –नेपाल) , बालकृष्ण ओली –नेपाल), गुड्डु जयसवाल –भारत), मुक्ति न्यौपाने –नेपाल) , चिन्ता परियार (नेपाल) , आशिष साही –भारत) , नबिन लोचन –नेपाल) , अरबन्दि श्रीवास्ताव –भारत) र प्रेमनारयण आचर्य (नेपाल ) चयन भएका छन् ।

यसैगरी भेलाले सल्लाहकार पनि चयन गरेको छ । नेपाल भारत पत्रकार मन्चको सल्लाहकारहरुमा नेपालको तर्फबाट बिनोद पहाडी, डिआर घिमिरे, मौसम रोका, भरत के.सी, चेतन पन्त, डा. शान्त कुमार शर्मा, शरद अधिकारी र सिपी श्रेष्ठ रहेका छन् ।

यसैगरी सल्लाहकारमा भारतको तर्फबाट हिन्दुस्तान टाइम्सका सहसम्पादक राजेश सिंह, दैनिक जागरणका बरिष्ठ समाचार प्रमुख राजनारयण मिश्रा र भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता रहेका छन् ।

नवनिर्वाचित संयोजकद्वय तथा सदस्यहरुलाई भेलाका प्रमुख अतिथी बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले बधाई ज्ञापन गर्दै नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन नेपाल भारत पत्रकार मन्चले महत्वपुर्ण भूमिका खेल्ने बताए । सो अवसरमा नेपाल र भारतका पत्रकारहरुले आ आफ्नो धारणा राखेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार