बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु - Butwal Online
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बर्दिया, २९ असार : जिल्लाको बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकलमा सवार एकको उपचारका क्रममा मृत्यु भएको छ ।

बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे १ ख २८३६ नंको बसले नपा–४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीले चलाएको भे ४ प ७८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनको टाउकामा ठूलो चोट लागेकाले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

अहिले उत्त बस र चालक थारुलाई प्रहरीको नियन्त्रण लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार