बुटवल–पाल्पा सडकखण्ड साँझ ६ बजे सम्मका लागी बन्द - Butwal Online
बुटवल–पाल्पा सडकखण्ड साँझ ६ बजे सम्मका लागी बन्द

बुटवल, २९ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड साँझ ६ बजेसम्मका लागि बन्द गरिएको छ ।

सो सडक खण्डमा गएको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनका लागि दिउँसो २ बजे देखि ६ बजे सम्मकालागि सडक बन्द गरिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउपालिका–३ हेडबक्स नजिकै खसेको ढुङ्गे पहिरोका कारण शनिबार दिउँसो देखि अबरुद्ध भएको सडक आइतबार बिहान १०.३५ बजे एकतर्फी रुपमा सञ्चालनमा ल्याइएकोमा पहिरो पन्छाउन वाधा परेकाले २ बजेदेखि ६ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार