अनेरास्ववियु पक्लिहबा क्याम्पस कमिटिद्धारा स्मारिका बिमोचन - Butwal Online

विष्णु घिमिरे
बुटवल,  २९ असार । अनेरास्ववियु पक्लिहबा क्याम्पस कमिटिद्धारा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा आरोहण ३ नामक स्मारिका बिमोचन,गरेका थिए । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायाले देशमा अनियन्त्रित रुपमा खोलिन लागिएका क्याम्पसहरुलाइ प्राबाइबेट एसिलियसन क्याम्पसहरु रोक्दै देशका ७७ ओटै जिल्लामा प्राबिधिक आङ्गिक क्याम्पस खोल्न अनेरास्ववियु लागि परेको बताए ।

अनेरास्ववियु बिद्यार्थीको हक हितको निम्ती निरन्तर लढदै आएको बताए अनेरास्ववीयू सधै बिद्यार्थीहरुको हक हितको निम्ती काम आएको बताउदै बिद्यार्थीको साथमा सधै रहिरहने बताए ।

कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका उपप्राध्यापक जन्मजय गैरे अनेरास्ववियु केन्द्रिय सदस्य सरोज पोखरेल, अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी अध्यक्ष लेखनाथ खनाल, प्रगतिशील प्राध्यापक सङ्गठन पक्लिहवाका अध्यक्ष थानेश्वर पाण्डे लगाएत ले मन्तव्य राखेका थिए ।

कार्यक्रम अनेरास्ववियु पक्लिहवा क्याम्पस कमिटी अध्यक्ष अनुप पौडेलको अध्यक्षता, उपाध्यक्ष दिपेश कठायातको स्वागत मन्तव्य तथा सचिब प्रवेश गौतमको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार