कुमारबर्ती क्याम्पस नेबिसंघ अध्यक्षमा चापागाईं - Butwal Online
कुमारबर्ती क्याम्पस नेबिसंघ अध्यक्षमा चापागाईं

कावासोती, २९ असार : नेपाल विद्यार्थी संघ कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीको इकाई अधिवेशन आईतवार सम्पन्न भएको छ ।

उक्त अधिवेशनले सुदिप चापागाईको नेतृत्वमा २५ सदस्यीय ईकाई समिति सर्वसम्मतले चयन गरेको छ । ईकाई सभापति हरि सुवेदीको अध्यक्षता र नेविसंघ नवलपुरका अध्यक्ष राजेस पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

आईतवार सम्पन्न अधिवेशनबाट अध्यक्ष सुदिप चापागाई, उपाध्यक्ष कपिल लामिछाने, सचिव जगत थापा मगर कोषाध्यक्ष श्रीषा देवकोटा , सहसचिव शिव लामिछाने सहितको २५ सदस्यीय ईकाई समिति सर्वसम्मतले चयन गरिएको निवर्तमान इकाई सभापति हरि सुवेदीले जानकारी दिए ।

सो कार्यक्रममा नेबिसंघ नवलपुरका उपाध्यक्षहरु संजय भट्टराई , लक्ष्मण रिजाल, सचिव सुशील काफ्ले, कुमारवर्ती क्याम्पस का स्ववियु सभापति अर्जुन चालिसे लगाएत का नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार