कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु - Butwal Online

कपिलवस्तु, २९ असार : जिल्लाको बुद्धभूमी नगरपालिकामा पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु भएको छ ।

बुद्धभूमी नगरपालिका ४ मा आज दिउसो पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ । पौडी खेल्ने क्रममा डुबेर बेत बहादुर बोहोराको ९ वर्षिय छोरा अनमोल बोहोरा र राम बहादुर कुँवरको १० वर्षिय छोरा सौगात कुँवरको मृत्यु भएको छ ।

ति बालक घर देखी ५०० मिटर उत्तर तर्फ रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको र आफन्तले तत्काल पोखरीबाट निकाली उपचारको लागी ४ नम्बर स्थित सामुदायिक अस्पतालमा पठाएकोमा दुबै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार