विश्व हिन्दु महासंघ रुपन्देहीले मनायो २०६ औ भानुभक्त जयन्ती - Butwal Online

बुटवल, २९ असार : नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६ औ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिका वाड नम्बर ४ स्थित विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देहीले पनि २०६ औ भानु जयन्ती मनाएको छ ।

कार्यक्रमका सहभागिहरुले भानुजयन्तीको महव्व र उनले समाजमा पारेको प्रभाव बारे कार्यक्रमका सहभागिहरुले प्रकाश पारेका थिए । साथै सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायण प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतामाझ ठूलो योगदान प्रदान गरेका छन् ।

यस्तै पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरण गर्नु भएको नेपाललाई आदिकवि भानुभक्त आचार्यले भाषा , साहित्य र संस्कृति मार्फत एकीकरण गरेका थिए । कार्यक्रममा डा हिरण्यलाल ज्ञवाली, डा बाबुराम ज्ञवाली, लेखक तथा साहित्यकार ऋषि आजाद, राजेन्द्र प्रसाद आचार्य, पं कृष्ण प्रसाद कोइराला, चन्द्रमान श्रेष्ठ, आदिकवि भानुभक्त आचार्य जीवनीका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कान्ति माध्यमिक विद्यालयका विद्यार्थीहरु नवराज भट्टराई , सुजिता भूषाल, विमल भट्टराई, विष्णु घर्ती लगायतले भानुभक्त समर्पित कविता बाचन गरेका थिए । कार्यक्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले उत्कृष्ठ कविता बाचन गरेकोमा कान्ति माध्यिमक विद्यालयका विद्यार्थीहरुलाई मायोको चिनो र नगद प्रदान गरेका थिए ।

बिश्व हिन्दु महासंघका जिल्ला शाखा रुपन्देही का अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, डा हिरण्यलाल ज्ञवालीको प्रमुख आतिथ्यता , महिला समितिका अम्विका पौडेल क्षेत्रीको स्वागत र पुनाराम पोख्ररेलको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेका रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।

विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’, भनी अर्ती उपदेश दिएकाले उनि रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार