Trending
  • भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन - Butwal Online
    भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

    श्रीहरिकोटा, ३० असार (रासस-एएफपी) – भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ । यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको छ ।



    चन्द्रयान–२ नाम दिइएको यो अभियान भारतको महत्वाकाँक्षी अन्तरिक्ष कार्यक्रम हो । रुस, संयुक्तराज्य अमेरिका र चीनले आफ्ना अन्तरिक्ष यान चन्द्रमामा पठाइसकेका छन् ।

    सतिश धवन स्पेस सेन्टरबाट अन्तरिक्ष यान प्रक्षेपणको तयारी अन्तिम चरण थियो, तर आइतबार बिहान २.५१ बजे यान प्रक्षेपण कार्यक्रम एकाएक स्थगन गरियो । प्रक्षेपण काउन्ट डाउनलाई ५६ मिनेट २४ सेकेन्डमा स्थगित गरिएको थियो ।

    यान प्रक्षेपण गर्नु एक घण्टा अघि प्रक्षेपण उपकरणमा सानो प्राविधिक समस्या देखिएको भारतीय अन्तरिक अनुसन्धान संस्था (इस्रो) ले जनाएको छ ।

    इस्रोले चन्द्रयानको प्रक्षेपण आजका लागि स्थगित गरिएको भएपनि आवश्यक जाँचपछि अर्को मिति घोषणा गरिने बताएको छ । इस्रोले चन्द्रमामा अन्तरिक्ष यान आगामी सेप्टेम्बर ६ मा पु¥याउने घोषणा गरेको थियो ।
    स्कुले बालबालिका समेत ठूलो संख्याका उत्साही व्यक्तिहरु चन्द्रयान प्रक्षेपण हेर्न प्रतिक्षा गरेका थिए । एक जना दर्शकले भने, के भएको हो हामीलाई थाहा छैन, र यसबाट हामी निकै बेखुशी भएका छौं ।

    भारतले चन्द्रयानको डिजाइन र निर्माणका लागि करिब १४ करोड अमेरिकी डलर खर्च गरेको थियो, र यसलाई सबैभन्दा सस्तो मानिएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानव सहितको अन्तरिक्ष अभियान सफल बनाउने दृढता व्यक्त गरेका छन् ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार