Trending
  • तिनाउ नदीको बहाव उच्च,सर्तकता अपनाउन बाढी पुर्वानुमान शाखाको अनुरोध - Butwal Online

    बुटवल, ३० असार

    आज दिउँसोदेखि परेको अबिरल बर्षाका कारण तिनाउ नदीको बहाव बढेको छ । बाढी मापन केन्द्रका अनुसार तिनाउ नदीको जलसतहको मापनले खतरा तह पार गरेको पाइएको हो ।



    नेपाल बाढी सुचनाले पानीको सतह अझै बढ्न सक्ने भन्दै बुटवल आसपास तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई भोली मंगलबार बिहान सम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

    बुटवलमा तिनाउ नदी किनारमा सयौंको संख्यामा सुकुम्बासीका नाममा बस्ती बसेको छ । नदी बग्ने ठाउँ नै अतिक्रमण गरेर वस्ती बसेकाले वर्षायामका बेला तिनाउ किनारका वस्ती वर्षेनी जोखिममा पर्ने गरेका छन् ।

    बाढी पुर्वानुमान शाखाको सुचना

    तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले बुटवल भन्दा तल्लो तटिय डुवान भईरहने क्षेत्रमा रहनहुनेहरू भोली विहान सम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला।

    बाढी पूर्वानुमान शाखा

     

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार