Trending
  • प्रदेश ५ का उत्कृष्ट शिक्षकहरु सम्मानीत - Butwal Online
    प्रदेश ५ का उत्कृष्ट शिक्षकहरु सम्मानीत

    बुटवल, ३१ असार । प्रदेश ५ सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ ।



    मन्त्रालयले गुरु पुर्णिमाको अबसरमा आज एक कार्यक्रमको आयोजना गरी सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागी शिक्षकहरुले गरेको योगदानको कदर गर्दै प्रदेश ५ भित्रका ३३ जना शिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिद्यालयको शिक्षालाई उत्कृष्ट बनाउन शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकोले पैसा मात्र भन्दापनि हामीले गरेको कामको मुल्यांकन गर्ने कोहि छ भन्ने होस् र आफ्नो पेशालाइ थप व्यवस्थित र शिक्षाको गुणस्तर अझै राम्रो बनाउन प्रेरणा होस् भन्ने उदेश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।

    प्रदेश ५ को शिक्षाको गुणस्तर राम्रो बनाउनका लागी बिभिन्न गुनासाहरुलाई संबोधन गरेर मन्त्रालयले ३ तहकै सरकारसंग समन्वय गरी आगामी दिनमा शिक्षक र बिद्यालयहरुलाई अझै धेरै सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नमुना बिद्यालय बन्न चाहने बिद्यालयहरुलाई प्रदेश सरकारले सहयोग गर्ने र त्यसको लागि प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउने बताए ।

    कार्यक्रममा सम्मानित भएका शिक्षकहरुले प्रदेश सरकारले आफुहरुलाई गरेको सम्मानले आफुहरुलाई थप हौसला प्रदान गरेको भन्दै आगामी दिनमा शिक्षाको गुणस्तर बढाउन बिद्यार्थी, अभिभाबक र सम्बन्धित पक्ष सबैसंग सहकार्य गरी लागिरहने बताए । सामाजिक विकास मन्त्रालयको सभाहलमा सम्पन्न भएको कार्यक्रमको सन्चालन शाखा अधिकृत हरिलाल अर्यालले गरेका थिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार