Trending
  • विषादी अबशेष, परिक्षण शैली, समस्या, निकाय, चुनौती विकल्प र फाइदाहरु - Butwal Online

    १) परिचय 
    बिज्ञान र प्रबिधीले मारेको फड्कोका कारण हाम्रो  कृषि जन्य खाद्य बस्तुको उत्पादन एवं उपभोगमा सहजता आएको मात्रै नभई त्यस्को समुचित प्रयोग गर्न नसक्नुले नकारात्मक असरको सिकार पनि भइराख्नु परेको बाध्यता हामी माझ तितो उदाहरण बनेर  पटकपटक देखिरहेको छ ।



    भनिन्छ नि कुनै पनि चिज सबैको लागि , सधैको लागि , सबै परिस्थितिमा अनुकुल या प्रतिकुल रहदैन । ठिक त्यसरी नै तरकारी, फलफूल उत्पादनको क्रममा देखिने  प्रतिकुल परिस्थितिबाट फलफूल तरकारीलाइ बचाउदै उचित वृद्धि बिकास गर्नको लागि साधारणतया बिषादी भनेर बुझिने किटनाशक रसायनिक औषधिहरुको प्रयोग पनि गर्ने गरिन्छ  ।

    त्यस्ता बिषादीहरुको प्रयोग गर्नको लागि हामी सङ्ग – कति मात्रामा , कति पटक ,कसरी, कस्तो समयमा गर्ने भन्ने  कुराको बारेमा गहिरो जानकारी हुनु अतिआवश्यक हुने गर्दछ ।

    यदि उक्त जानकारी बिना नै बिषादीको अन्धाधुन्ध प्रयोग गर्यौ भने हामी कृषि बालीमा बचेर रहेका बिषादीहरुको अबशेषको सिकार हुनु पर्ने हुन्छ तर  यस्को मतलब , बिषादीको अबशेष  भएको कुनै पनि कृषि बाली उपभोग गर्नु हुदैन भन्ने चाहिँ हैन ।

    बरु यस्को मतलब – स्वास्थ्यको दृष्टिकोणले WHO ले उचित भन्दै FAO ले सिफारिस गरेको अधिकतम अबशेष मात्रा (MRL) भन्दा बढी मात्रामा अबशेष भेटिएका कृषि तथा खाद्य बस्तु उपभोग गर्नु हाम्रो लागि असुरक्षित छ भन्ने हो ।

    २) परिक्षण शैली :
    कुनै पनि कृषिजन्य खाद्य बालीमा के कति मात्रामा बिषादी अबशेष अझै बाकी छन भन्ने कुराको बारेमा ज्ञान पाउनको लागि सामान्य किसिमका उपकरण देखि लिएर जटिल उपकरणहरु जस्तै : HPLC , GCMS  हरुको GLP (Good laboratory practice ) का साथमा Advance lab test गर्नु पर्ने हुन्छ र उक्त नतिजालाइ WHO ,FAO , WTO ले सिफारिस गरेको तथ्यांक सङग दाज्नुपर्ने हुन्छ ।  अनि मात्र हामीले उक्त कृषि एव खाद्य बस्तुहरु मानव जीवनको लागि योग्य छन या छैनन् भन्ने कुराको बारेमा हेक्का राख्न सक्छौं ।

    ३) परिक्षण गर्न सक्ने हालका निकायहरु :
    आयात निर्यात हुने त्यस्ता कृषिजन्य खाद्य पदार्थको बिक्री बितरण एव उपभोग प्रमाणिकरणको लागि नेपालको संघीय सरकार अन्तर्गतका १२ बटा  खाद्य प्रबिधी तथा गुण आयात निर्यात प्रमाणिकरण कार्यलयहरु भन्सार नाकामा ल्याब सहित पहिले देखि स्थापित छन ।

    यदि उक्त ल्याबमा गरिएको नमुना परिक्षणबाट अबशेषको मात्रा निकाल्न असम्भव देखिएको खण्डमा बबरमहलस्थित ISO 17025 accredition प्राप्त केन्द्रिय खाद्य प्रयोगशालामा खाद्य प्राबिधिकहरुबाट  PPT (parts per trillion )  सम्मको मात्रा गणना गर्दै नतिजा निकालेर आयात को लागि अनुमती दिन या नदिन सकिन्छ ।

    त्यति मात्र नभई केन्द्रीय कृषि प्रयोगशाला  ,हरिहरभवन अन्तर्गतका  ३ वटा कृषि , बाली र  बिउबिजन प्रयोगशालाको साथसाथै  राष्ट्रिय कृषि अनुसन्धान परिषदको बिशिस्ट प्रयोगशाला मार्फत पनि उक्त कामकारबाही गर्न सकिन्छ ।
    यी कार्यलयले जिम्मा पाएको खण्डमा विषादी व्यवस्थापनको काम निर्धक्क सङग सुरक्षीत तबरणले गर्न सक्ने कुरामा कुनै दुबिधा छैन ।

    ४) विषादी युक्त बस्तुको उपयोगको असर :
    MRL भन्दा बढी अबशेष भएका कृषि जन्य  खाद्य वस्तुहरुको प्रयोगले स्वास्थ्यमा दीर्घकालीन असर गर्ने गर्दछ्न् जस्तै :, क्यान्सर हुने , बाझोपन देखिने , स्मरण शक्तिमा ह्रास आउने , मुटु र कलेजोमा  पीडा हुने ।

    ५) बच्ने उपाय :
    हामीले घरमा ल्याएको फलफूल तरकारी हरुलाइ  १०% भिनेगर , एक चम्चा खाने सोडा र पानीको घोलमा वा २% नुन र मनतातो पानीको घोलमा ३० मिनेट डुबाएर वा बोक्रा फालेर खान मिल्ने कृषिबालीको बोक्रा फालेर – डिस्टिलेरी वाटरले पुन सफा गरि विषादी हटाएर उपभोग गर्दा उक्त समस्याबाट केही हदसम्म बच्ने सम्भावना रहन्छ ।

    ६) नेपाली प्रयोगशालाको अवस्था र चुनैती :
    हाल नेपालमा सञ्चालित ती प्रयोगशालाहरु कामकारबाहीमा भएता पनि बिश्वले स्वीकार गर्न सक्ने हैसियतका भने छैनन्।  बिश्वबजारले स्वीकार गर्न सक्ने खालको प्रयोगशाला बन्नको लागि बिदेशी मान्यता प्राप्त सस्थाबाट एक्रीडेसन लिएको र उक्त एक्रीडेसनलाइ समयसमयमा नवीकरण गरिराखेको हुनुपर्ने हुन्छ ।

    एक्रीडेसन नपाएका ल्याबले प्रमाणित गरेको फलफूल तरकारीले नेपालमा राम्रै बजार पाएता पनि बिदेश निर्यातको लागि भने समस्या पक्कै हुने गर्दछ ।

    continue भ्रममा पर्न नहुने कुरा के हो भने – आयात (कहिलेकाही निर्यात ) गर्दाको समयमा परिक्षण गर्ने काम फलफुल तरकारीको क्षेत्रमा नौलो भएता पनि कृषि जन्य प्रशोधित खाद्य बस्तुको लागि भने यो कुरा धेरै पुरानो नै हो । जुन काम DFTQC मातहतका प्रमाणिकरण कार्यलय बाट गरिदै आएको थियो । हाल DFTQC ले आफ्नो प्रयोगशाला को स्तरोन्नति गर्दै छिमेकी राष्ट्र भारतस्थित एक बिदेशी सस्था बाट २ बर्षको एक्रीडेसन पाएको छ ।


    उक्त एक्रीडेटेट ल्याबबाट स्वीकृती पाएका त्यस्ता कृषि एव खाद्य पदार्थहरु निर्यात गर्दा बिश्व बजार र World Trade organization (WTO) ले बिश्वास गर्ने बलियो आधार रहने गर्छ ।

    ७) बिकल्प :
    आजको दिनमा विषादी व्यवस्थापन केन्द्रको प्रयोगशाला बिस्वस्निय नभएता पनि नेपालमा हाल उपलब्ध रहेका सरकारी विभिन्न प्रयोगशालाहरु नेपाली बजारको लागि बिक्री अनुमति दिने या नदिने निर्णय पेस गर्न सक्ने क्षमताका बिस्वस्निय प्रयोगशाला भएकोले – विषादी परिक्षण रोक्दै आयात गर्नुपर्ने दयनीय अवस्था चाहि छैन तर सबै प्रयोगशाला हरुको स्तरोन्नति गर्नुपर्ने भने अवस्य देखिन्छ ।

    र अर्को विकल्पको रुपमा निर्यात कर्ता खुदलाइ लिग्न पनि सकिन्छ । यदि निर्यातकर्ता बिश्वाशिलो छ भने फाइटो स्यानेटरी सर्टिफिकेट  (phytosanitary certificate ) वा नो अब्जेक्सन सर्टिफिकेट (No objection certificate ) को आधारमा पनि आफुले ल्याब टेस्ट बिना आयातको अनुमती दिन या नदिन सकिन्छ ।

    यो त भयो आयातको कुरा अब एकछिन निर्यातको विकल्पको कुरा गरौं – यस्को लागि माथी उल्लेख गरेको DFTQC को एक्रीडेटेट केन्द्रिय खाद्य प्रयोगशाला मातहतको को खाद्य आयात निर्यात प्रमाणिकरण प्रयोगशाला मार्फत certificate बनाएर पनि निर्यात गर्न सकिन्छ भने आयातकर्ता राष्ट्र लाई पहिले नै नमुना पठाएर उतैबाट स्वीकृति लिगेर सामाग्री निर्यात गर्न पनि सकिन्छ ।

    ८) आयातमा कडाइको फाइदा :
    ७/८ बर्ष अघिका तथ्यांकहरुलाइ यसो हेर्ने हो भने भारत राष्ट्र बढी विषादी प्रयोग गर्ने देशहरुको सुचीमा अग्र स्थानमा नै देखिन्छ । जस्ले बर्षौ देखि नेपालीजनको स्वास्थ्यलाई बिगार्दै आइरहेको छ ।

    यदि हामीले यस्मा कडाइ गरेर यस्ता अस्वस्थ्यकर कृषि उपजहरुलाइ बहिस्कार गर्दै स्वदेशमा नै अर्गानिक कृषि खेतीलाई बडुवा दिन सक्यौ भने – जनताको स्वास्थ्यको साथसाथै देश र जनताको अर्थतन्त्र पनि उकासिने छ ।

    लेखक : मनोज जि सी  “म्यानश “, स्थायी ठेगाना मालरानी अर्घाखाँची , हाल नारायणगढ चितवन , पेसाले खाद्य बैज्ञानिक , B.Tech (Food science ) TU

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार