तिलोत्तमा नगरपालिकाको ६ लेन सडकमा राखिएका बुद्धका मुर्ति तोडफोड - Butwal Online

बुटवल, २ साउन । बुटवल बेलहिया सडक खण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति गए राती तोडफोड भएका छन ।



तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटी देखि मंगलापुर सम्म बुद्धका मुर्ति राखिएका थिए ।

गत बैसाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमुर्ति अनावरण गरेका थिए ।
सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती शंकरनगर चोक देखि नयामिल सम्मका ४ वटा मुर्ति क्षतबिक्षत हुने गरी फुटाईएको छ । उक्त मुर्तिहरु कसले किन फुटाल्यो भन्ने अहिले सम्म खुलेको छैन ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार