Trending
  • स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारमको समयावधी थपियो - Butwal Online

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्षका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारमको समयावधी थप गरेको छ ।



    देशको विभिन्न क्षेत्रमा भएको वर्षाको कारण बाढी पहिरो गएको हुँदा परीक्षार्थीहरुलाई फारम भर्न असहज भएकोले त्रि.वि परीक्षा नियन्त्रण कार्यालयद्वारा वार्षिक परीक्षा प्रणाली अन्र्तगत स्नातक तह प्रथम वर्षको परीक्षा फारम भर्ने समय साउन ०५ गते सम्मलाई थप गरीएको छ ।

    साउन ०६ गते देखि साउन १२ गते सम्ममा दोब्बर दस्तुर (साधारण म्याद सकिएको एक हप्ता भित्र) २०७६ साउन १४ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भरि सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन त्रिविले आग्रह गरेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार