Trending
  • प्रदेश ५ स्तरिय खुल्ला एकल लोकनृत्य छनौट चरणको प्रतियोगिता सम्पन्न - Butwal Online

    बुटवल, २ साउन । साधना सांस्कृतिक कला केन्द्र बुटवलको आयोजनामा प्रदेश ५ स्तरिय खुल्ला एकल लोकनृत्य छनौट चरणको प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीमा भएको प्रतियोगितामा २५ जनाले सहभागिता जनाएका थिए ।



    साधना सांस्कृतिक कला केन्द्रका संचालन अनु रजकको अध्यक्षतामा भएको कार्यक्रममा अर्काे संचालक प्रियंका थापा, नगरपालिकाका प्रमुख बासुदेब घिमिरे, राष्ट्रिय सांस्कृतीक संस्थान जमल काठमाडौंका बरिष्ट कार्यक्रम महाशाखा प्रमुख प्रभाकरदेव शर्मा,बरिष्ट सर्जक हिरामाया थापा लगाएतले बोलेका थिए ।

    कार्यक्रममा सुन्दर गुरुङ,यम पुन,नारायण थापा लगायतले निर्णायकको भूमिका निर्बाह गरेका थिए । उत्कृष्ट बनेकाहरु मध्ये १ जना छात्र र छात्रा पोखरामा अर्को प्रतिस्प्रधामा सहभागि हुन पाउने छन् ।

    पोखरामा उत्कृष्ठ हुनेले, राष्ट्रिय सांस्कृतीक संस्थान जमल काठमाडौंमा १ बर्ष जागिर खान पाउने सुबिधा पनि दिइएको महाशाखा प्रमुख प्रभाकरदेव शर्माले बताए । उत्कृष्ट हुनेलाइ शिल्ड प्रमाणपत्र प्रदान गरिने आयोजक साधना सांस्कृतिक कला केन्द्रका संचालक अनु रजकले बताए । लोकसंस्कृतीको जगर्ने गर्नका लागि सो कार्यक्रम सं.चालन गरिएको हो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार