Trending
  • अर्घाखाँचीमा सँगै बसेर रक्सी पिएका ज्वाइँले गरे सासुको हत्या - Butwal Online

    अर्घाखाँची, २ साउन । जिल्लाको शीतगंगा नगरपालिकामा ससुराली आएका ज्वाइँले सासुको हत्या गरेका छन् ।



    असार २९ गते शीतगंगा नगरपालिका वडा नम्बर ८ सातमारामा रहेको माइती घरमा रहेकी श्रीमतीलाई लिन आएको समयमा दाङकाे राप्ती गाउँपालिका घर भएका २९ वर्षीय वसन्त कुमालले सासूसँगै बसेर रक्सी पिएकाे र त्यसै क्रममा झगडा हुँदा घाँटीमा डोरीले कसेर हत्या गरेका छन् ।

    कुमालले हत्या गरेपछि शवलाई भान्साकोठामा झुन्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार सासूको हत्यापछि आरोपित कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएकाे र गाउँलेहरु आइपुग्दा कुमाल भागेर नजिकै आफन्तको घरमा लुकेर बसेका थिए।

    इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ । प्रहरीले अभियक्त कुमाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार