Trending
  • साईकिल सिटी बुटवलको आयोजनामा शनिबार ‘बुटवल कोरा’ हुने - Butwal Online

    बुटवल, २ साउन । साईक्लिङ्गमार्फत पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको उद्येश्यका साथ क्याम्पा बुटवल कोरा २०१९ आयोजना हुने भएको छ । साईकिल सिटी बुटवलको आयोजनामा बुटवलमा दोस्रो पटक ५० किलोमिटर दुरीको कोरा हुन लागेको हो ।



    कोरा २०१९ को टिसर्ट बुधबार एक समारोहका बिच अध्यक्ष धिरेन तुलाधर, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, कान्तिपुर पब्लिकेशनका प्रदेश प्रमुख दिपेन्द्र बडुवाल, कार्यक्रम संयोजक बिनोदजंग कार्की, आशिष कृष्ण श्रेष्ठ, अशोक राईले सार्वजनिक गरेका छन । शनिबार हुने कार्यक्रमको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष धिरेन तुलाधरले बताए ।

    साईक्लिङसंगै यस क्षेत्रको पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने उद्येश्यका साथ कार्यक्रम गरेको उनले बताए । कार्यक्रम आयोजना गर्न क्याम्पा कोला, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, बुद्ध साईकलको सहयोग रहेको उनले बताए ।

    बुटवलको ट्राफिक चोकबाट शुरु हुने साईक्लिङ्ग यात्रा बुटवल र तिलोत्तमाका धार्मिक पर्यटकिय क्षेत्रहरुमा पुग्ने कार्यक्रम संयोजक बिनोदजंग कार्कीले बताए । बिहान ७ बजे ट्राफिक चोकबाट शुरु हुने यात्रा धार्मिक महत्व बोकेको जन बिनायक मन्दिर हुदै ऐतिहासिक जितगढी किल्ला, पिस पार्क, मुक्तिनाथ धाम, नरेनापुर धाम, बैठौलिया ताल, हुदै तिलोत्तमा नगरपालिकाको बुद्ध परियती विहार हुदै शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रमा पुगेर समापन हुने उनले बताए ।

    प्रत्येक वर्ष काठमाण्डौसहित देशका केही मुख्य शहरहरुमा यो कार्यक्रम हुदै आएको छ । यसवर्ष भने काठमाण्डौ, पोखरा, धरान, हेटौडा, बुटवल र नेपालगंजमा कोरा हुदैछ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार