Trending
  • पहिरोका कारण अवरुद्ध सडक सुचारु गर्न गाउँले जुटे - Butwal Online
    पहिरोका कारण अवरुद्ध सडक सुचारु गर्न गाउँले जुटे

    बुटवल, २ साउन । लगातारको वर्षाका कारण बाटो हिलाम्य र ठाउँ–ठाउँमा पहिरो झरेपछि पाल्पाको तिनाउ गाउँपालिका–वडा नम्बर १ का स्थानिय बाटो सफाइमा जुटेका छन् ।



    महेन्द्र राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरापालिका–१ रानीबगीयादेखि ९ किलोमिटर उत्तरमा पर्ने झिँगामारा तथा सो ठाउँबाट ठुली उदाङ जोड्ने ६ किलोमिटर कच्ची सडकमा पहिरोका कारण बाटो अवरुद्धभएपछि स्थानीयहरुले जनश्रमदान तथा आर्थिक संकलन गरी मोटरबाटो सफाइमा लागेका हुन् ।

    जनश्रमदान तथा स्थानियबासिन्दाबाट उठाइएको २ लाख बढी रकमबाट बाटो सफाइको काम गरिएको हो । पैदल हिड्न समेत समस्या हुने गरी बाटो हिलाम्य भएको तथा २ दर्जनबढी ठाउँमा पहिरोले बाटो पुरीएपछि स्थानियकै सक्रियतामा बाटो सफाई गर्न लागिएको वडा नम्बर १ का सदस्य अम्मर बहादुर तरामुले बताए ।

    मोटरबाटो खोलिएको २० वर्ष पुगिसक्दा पनि ग्राभेलसम्म हुन नसक्दा वर्षेनी यहाँका जनाताले सास्ती खेप्नुपरेको उनले बताए । हिउँदको समयमा धुलाम्य र बर्खाको समयमा पहिरो खस्ने तथा बाटो हिलाम्यहुँदा २ सय बढी घर परिवार प्रभावित हुदै आएका छन् ।

    गत आर्थिक वर्षमा प्रदेश सरकारबाट रानीबगीया–झिगामारा मोटरबाटोका लागि ४० लाख रुपैया विनियोजन गरिएको भएपनि विभिन्न कारण देखाउँदै २० लाख रुपैयाँको मात्रै टेन्डर आह्वान गरी मर्मतको काम गरिएको थियो ।

    ठेकेदारद्वारा सडक मर्मतको काम गरिएको भएपनि सरकारी निकायबाट प्रभावकारी अनुगमन नहुँदा काम गुणस्तरिय नभएको स्थानियहरु बताउँछन् । सडक मर्मतको काम गुणस्तरीय नहुँदा विगतका वर्षहरुमा भन्दा यो वर्ष बढी पहिरो खस्ने तथा बाटो हिलाम्य भएको उनीहरुको भनाई छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार