Trending
  • सामुदायिक वनका अध्यक्ष आफै काठ चोरीमा संलग्न - Butwal Online
    सामुदायिक वनका अध्यक्ष आफै काठ चोरीमा संलग्न

    गणेश आचार्य
    दाङ । बबई गाउँपालिका ७ स्थित झारगजेरी सामुदायिक वनका अध्यक्ष नीमबहादुर भण्डारी जंगलको काठ चोरीमा संलग्न भएको पाइएको छ ।



    अध्यक्ष भण्डारीले बुधबार राती जंगलबाट काठ चोरीगरी निर्यात गर्दैगर्दा नियन्त्रणमा लिएका छन् । विगत केही दिनदेखी राती जंगलबाट काठ चोरी भइरहेको सूचना पाएपछी आफूहरुले काठ ओसार्न अध्यक्ष नै खटिएको फेला पारेको वनका उपभोक्ता जयप्रकाश डाँगीले बताए ।

    ‘काठ चोरी हुन्छ भन्ने सुनेका थियौँ ।’डाँगीले भने,‘राती बाटो कुर्दा काठ बोकेको ट्रेक्टरसँगै अध्यक्ष डाँगी फेला । परे । उनलाई प्रहरीको जिम्मा लगायौँ ।’ अर्का उपभोक्ता भुपबहादुर डाँगीका अनुसार अध्यक्ष भण्डारीले विगत तीन दिनदेखी रातीमा अबैध काठ बेच्दै आएका थिए । उपभोक्ताले प्रहरीको जिम्मा लगाएका भण्डारीलाई प्रहरीले वन कार्यालयको जिम्मा लगाएको छ ।

    सब डिभिजन वन कार्यालय पुरान्धाराले रुख काटिएका ठाउँको मुचुल्का उठाएको छ । वन कार्यालयले रुख काटिएको ठाउँमा अध्यक्ष भण्डारीलाई पनि लगेको थियो । अध्यक्ष भण्डारीले आफ्नो निर्देशनमा रुख काटिएको स्थानमा वनको टोलीलाई लगेका थिए । उनले आफूले अबैध रुपमा कटान गरिएका रुख उपभोक्तालाई नै दिएको प्रतिक्रिया दिएका छन् ।

    सब डिभिजन वन कार्यालय पुरान्धाराका सहायक वन अधिकृत कमल पुनका अनुसार उक्त वनमा ११ वटा रुख काटेर निकासी गरेको अवस्थामा फेला परेका छन् । अध्यक्ष भण्डारीका बारेमा थप अनुसन्धना भइरहेको उनले बताए ।

    गणेश आचार्य

    गणेश आचार्य बुटवल अनलाइनका दाङ सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार