Trending
  • सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने माग - Butwal Online
    सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने माग

    बुटवल, २ साउन । बुधबारदेखि लागु भएको सामाजिक सुरक्षा ऐन कार्यान्वयन रोक्नकालागि उद्योगी व्यबसायीहरु आन्दोलित भईरहँदा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले ऐन कार्यान्वयनमा जोड दिएको छ ।



    संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश पाँचका संयोजक हरिबहादुर कार्कीले आज बिहिबार प्रेस विज्ञप्ति जारी गरि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा जोड दिएका हुन ।

    उद्योगी व्यबसायीको आन्दोलन प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै संविधान मै श्रमिकलाई सामाजिक सुरक्षाको हक हुने कुरा उल्लेख रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, त्यसको नियमावली र कार्यविधि समेत जारी भई कार्यान्वयन तहमा आउने वेलामा त्यसका बिरुद्ध जाने छुट कसैलाई पनि नभएको बिज्ञप्तिमा लेखिएको छ ।

    यसैबिच
    नेपाल ट्रेड युनियन काँग्रेसले पनि उक्त ऐन कार्यान्वयनमा जोड दिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँचका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद वेल्वासे र नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरीले बिहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गरि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा जोड दिइएको छ ।

    सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्ने पहिले नै सहमति गरेका उद्योगी व्यबसायी आफूले गरेको सहमतिबाट पछाडी फर्केर कार्यान्वयन गर्न सकिँदैन भन्ने बहाना गरिरहेको उल्लेख गर्दै विज्ञप्तीमा कुनैपनि हालतमा ऐन कार्यान्वयन हुनु पर्ने उल्लेख गरिएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार