Trending
  • कानुन निर्माण गर्दा सरोकारवाला संग छलफल गर्नुपर्ने - Butwal Online

    बुटवल, २साउन। संघ ,प्रदेशर स्थानिय तहहरुले कानुन निर्माण गर्दा सरोकारवालासंग छलफल गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । साथै ति सुझावहरुलाइ मनन गरेर नै कानुन वनाउँदा तल्लोतहका नागरिकको पनि अधिकार समेटिने वताएका छन् ।



    नागरिक संवाद केन्द्र प्रदेश नम्वर ५ले आयोजना गरेको संघिय संसदमा असार महिनामा भए गरेका काम कारवाहीहरुको वारेमा सुझाव संकलन छलफल कार्यक्रममा वोल्ने सहभागीहरुले यस्तो वताएका हुन् ।

    कार्यक्रममा वोल्दै प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले कानुन निर्माणगर्दा पर्याप्त छलफल नगरी विधेयकहरु आउदा कानुनहरु वाझिने समस्या हुने गरेको बताए ।

    शिक्षा विधेयक २०७५ र सविधानमा भएका धेरै कुराहरु स्पष्ट नभएको कारणले पनि वाझिएको उनको भनाई छ ।शिक्षा सम्वन्धी विधेयक २०७५ भित्र भएका नियम कानुनको वारेमा संवाद केन्द्रका प्रमुख हेमा न्यौपानेले जानकारी गराएकी थिइन् । कार्यक्रममा प्रदेश ५का प्रदेश सभा सदस्य र विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार