Trending
  • गाउँपालिका अध्यक्षद्वारा किसानलाई दूधमा अनुदान - Butwal Online

    पाल्पा, ३ साउन । पाल्पाको डुम्रे आसपासका क्षेत्रका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुई अनुदान प्रदान गरिएको छ । तिनाउ गाउँपालिका–६ डुम्रेस्थित डुम्र दुग्ध उत्पादन सहकारी संस्थासँग आबद्ध दुग्ध किसानलाई प्रतिलिटर रु दुईका दरले अनुदान दिइएको हो ।



    प्रदेश नं ५ सरकारअन्तर्गत पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको सहयोगमा रु १६ लाख ९० हजार अनुदान वितरण गरिएको हो । अनुदान रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिकाभित्रका किसानलाई दूधमा प्रतिलिटर रु दुई अनुदान उपलब्ध गराउने कार्यक्रम रहेकोे बताए ।

    उनले कृषि क्षेत्रमा स्थानीय सरकारको प्रोत्साहन आवश्यक रहेकाले गाउँपालिकाले पशुहरुका लागि दाना बनाउने मेसिन, दूध दुहुने मेसिन, भकारो सुधार कार्यक्रमलगायत क्षेत्रमा अनुदान प्रदान गरिएको बताए । पशु विज्ञ केन्द्र पाल्पाका प्रमुख चन्द्रबहादुर रानाले प्रदेश सरकारको पशु विकास कार्यक्रमसम्बन्धी जानकारी गराए ।

    डुम्रेअन्तर्गत मदनपोखरा, रुप्से, मस्याम, ठिमरेलगायतकका क्षेत्रका किसानले व्यावसायिक दूध उत्पादन गर्दै आएका छन् । पाल्पाको डुम्रे क्षेत्रमा दैनिक दुई हजार ५०० लिटरभन्दा बढी दूध उत्पादन हुन्छ । यहाँ उत्पादित दूध डुम्रे आसपासका क्षेत्र, स्थानीय बजार तानसेन र पोखरामा समेत निर्यात हुँदै आएको छ । तिनाउ गाउँपालिकाले यस आवमा कृषि तथा पशुपालनका क्षेत्रमा रु एक करोड बजेट विनियोजन गरेको छ ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार