Trending
  • दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान - Butwal Online

    चितवन, ३ साउन : जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ ।



    बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरेकी हुन ।

    आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताईन । किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

    साथैँ गाउँपालिकाले बिहीबार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठलाई जनही रु एक लाखका दरले अनुदान हस्तान्तरण गरेको छ ।

    गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० लाई जनही रु २५ हजार, व्याड बोकाका लागि २० लाई जनही रु ४० हजार र बङ्गुरपालनतर्फ दुई किसानलाई पनि जनही रु २५ हजारको चेक हस्तान्तरण गरिएको थियो ।

    गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार