Trending
  • बाँकेको राप्तीसोनारीका ९५ प्रतिशत नागरिक साक्षर - Butwal Online

    नेपालगञ्ज, ३ साउन : बाँकेको राप्तीसोनारी गाउँपालिकाका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएका छन् । कुल नौ वडा रहेको सो गाउँपालिकाकामा १५ देखि ६० वर्ष उमेरका ४५ हजार ६७८ जना साक्षर रहेको अध्यक्ष लाहुराम थारूले बताए । उनका अनुसार गाउँपालिकामा अभैm दुई हजार ३६९ नागरिक निरक्षर रहेका छन् ।



    उनीहरुका लागि गाउँपालिकाले साक्षरता कक्षा सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष थारूले बताए । राप्तीसोनारीसहित बाँकेका चार स्थानीय तह साक्षर स्थानीय तहमा रुपान्तरित भएका छन् । यसअघि कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले आफूलाई साक्षर घोषणा गरिसकेका छन् । अभैm चार स्थानीय तह साक्षर हुन भने बाँकी रहेका छन् ।

    “गत फागुनमै बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम थियो । स्थानीय तहको ढिलाइका कारण समय पर धकेलिएको हो”, शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले भने ।

    विसं २०६८ को जनगणनाअनुसार बाँकेमा ६३ प्रतिशत साक्षर छन् । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हुनैपर्छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान रहेको उनले बताए ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार