Trending
  • नेपालद्वारा मलेसिया ७ विकेटले पराजित - Butwal Online
    नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।



    पारस खड्काको अनुपस्थितिमा कप्तान बनेका ज्ञानेन्द्र मल्लले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाएपछि जितको बलियो जग निर्माण भएको थियो । नेपालले ८ ओभरमा ३ विकेटको क्षतिमा ८६ रन बनाएर छनोटमा पहिलो जित हासिल गरेको हो ।

    यसअघि मलेसियाले पहिलो ब्याटिङ गर्दै नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित नेपाल र मलेसियाबीचको खेल ९-९ ओभरमा छोट्याइएको थियो । मंगलबार कतारसँग ४ विकेटले पराजित भएको नेपाललाई यो खेल जित्न निकै दबाब छ ।

    नेपालका लागि सोमपाल कामीले २ ओभर गरेर ३ विकेट लिन सफल भएपनि उनी निकै महंगा सावित भएका थिए । यस्तै बसन्त रेग्मीले पनि १ ओभर बलिङ गरेर २ विकेट लिएका थिए । नेपालका कुनै पनि बलरले कशिलो बलिङ भने गर्न सकेका थिएनन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार