Trending
  • पैसा अभावमा मुस्लिम र मधेशी छात्रा पढाईबाट बन्चित - Butwal Online

    खगेन्द्र दाहाल

    बाँके (खजुरा), ८ साउन । बाँकेको खजुरामा मधेशी र मुस्लिम समुदायका छोरीहरुलाई उच्च शिक्षा पढ्न आर्थिक समस्या भएको छ । नसीबुल निसाको तिन बहिनीले यस पटक एसईई पास गरेका छन ।



    उनका तिन बहिनी एकै कक्षामा पढ्ने भएकाले उनिहरुका बुबाले आर्थिक भार खेप्न नसकिने भन्दै ११ कक्षा पढाउन नसकिने बताएपछि अगाडिको शिक्षा के कस्तो हुने भन्नेमा चिन्ता थपिदिएको छ । कक्षा आठ देखि जनजागरण समाजले सहयोग गरेर १० कक्षा सम्म पढ्न पाएको नसीबुलले बताइन ।

    खजुरा ७ का जसोदा कुमारी यादवले घरको आर्थिक अवस्था कमजोर हुदाँ पनि बाबु आमाले १० कक्षा सम्म पढाएको र अहिले बुबाको मृगौला समेत फेल भएपछि आफ्नो पढाईलाई रोक्न परेको बताउछिन ।

    जसोदालाई ११ र १२ पढ्ने मन हुदाँहुंदैपनि विचमै पढ्न नपाउने स्थिती सिर्जना भएको छ । १० सम्म पढेकी खजुरा गाउँपालिका ८ रनियापुरका नुसरत जहाँको पाँच दिदिबहिनी छन ।

    ५ बहिनीलाई हेर विचार गर्ने बुबा मात्र भएकाले पनि एसइई पछिको माथिल्लो कक्षामा पढाउन नसक्ने बुबाले प्रतिक्रिया दिएपछि उनिहरुको पनि पढाई आर्थिक अभावकै कारण रोकिन पुगेको छ । नसीबुल,जसोदा र नुसरतको समस्या मात्र होइन खजुरा गाउँपालिकाको रनियापुर र सोनपुरका मुस्लिम र मधेशी छात्राहरु अहिले उच्च शिक्षा लिन बाट आर्थिक अभावकै कारण बन्चित हुन परिरहेको छ ।

    कक्षा १० सम्म जेनतेन पढ्न पाएका खजुरा रनियापुर र सोनपुरका १९ जना छात्राहरुले आर्थिक अभाव भएका कारण कक्षा ११ मा भर्ना हुन नपाएको बताएका छन ।

    घरको आर्थिक स्थिती कमजोर भएपछि घरका अभिभावकले विद्यालय भर्ना गर्न नसक्ने भने पछि उनिहरु अगाडिको पढाई बाट बन्चित हुने स्थितीमा पुगेका हुन ।

    बुधबार खजुरामा जन जागरण समाजले आयोजना गरेको छोरीहरुको शिक्षामा पहुंच अभिवृद्धिका लागी छोरी र अभिभावकहरुको सहभागितामा शिक्षाको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा छात्राहरुले घरको आर्थिक अभाव नै शिक्षाको बाधक भएको बताएका थिए । सरोकारवालालाई छलफलमा बोलाएपछि रनियापुर र सोनपुरका छात्राहरुले बढ्न पाउँछनकी भन्ने आशा जागेको जनजागरण समाजका प्रमुख व्यवस्थापक राम बहादुर पुनले बताए ।

    कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले कोहिपनि छात्र छात्रालाई पैसाको अभावले पढाईबाट बन्चीत हुन नदिने बताए ।

    अध्यक्ष कक्षपतिले शिक्षा समितिको तल्काल बैठक बोलाएर विद्यालय जाने बाताबरण सिर्जना गर्ने प्रतिवद्धता जनाए । खजुरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष अतिउल्ला खाँले मधेशी तथा मुस्लिम समुदायका छोरीहरुले आर्थिक अवस्था कमजोर भएकै कारण अघिल्ला वर्षहरुमा उच्च शिक्षा हासिल गर्न नपाएको बताउदै यस पटक सबैले पढ्न पाउने गरी बातावरण सिर्जना गर्न लाग्ने बताए ।

    खजुराको रनियापुरमा २९ जना र सोनपुरमा ४७ जना गरी कुल ७६ जना छात्राहरु कक्षा ९ देखि ११ सम्म पढिरहेको जनजागरण समाजले सङकलन गरेको तथ्याङ्गमा देखिन्छ ।

    जस मध्ये सोनपुरमा मुस्लिम १९ जना मधेशी २१ जना र दलित ७ जना रहेका छन भने रनियापुरमा मुस्लिम २९ जना, मधेशी १ जना र थारु १३ जना पढ्दै आइरहेका छन ।

    हाल रनियापुर बाट ११ जना र ८ जनाले सोनपुरबाट एसइई दिएका थिए । एसइई दिएका २६ जना मध्ये १९ जनाको घरमा आर्थिक अभाव भएपछि उच्च शिक्षा पढ्नबाट बन्चित भएका हुन । छात्राहरुले आफनो पढाईलाई अगाडि बढाउन सबैलाई सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।

    खगेन्द्र दाहाल

    खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार