Trending
  • गायक तथा सञ्चारकर्मि अनिल पहाडीकाे दाैतरी म्यूजिक भिडियाे सार्वजनिक (भिडियो) - Butwal Online

    रूपन्देही, साउन ११ । गायक तथा सञ्चारकर्मि अनिल पहाडीकाे दाैतरी नाम अाधुनिक म्यूजिक भिडियाे सार्वजनिक गरिएकाे छ । मुक्तिनाथ धाम बुटवलका पिठाधिस स्वामी लाेकानन्दले शनिबार धाममै उक्त म्यूजिक भिडियाे सार्वजनिक गरे ।



    कार्यक्रममा पिठाधिस स्वामी लाेकानन्दले सनातन धर्मले जातभातकाे विभेद नगर्ने बताए । उनले प्रेम नभएकाे ठाउमा कुनै पनि विभेद नहुने बताउदै त्यसलाई संगित मार्फत व्यक्त गरेकाे बताए ।

    नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले मुक्तिनाथधाममा विमाेचन गरेर जातिय समानताकाे सन्देश दिने काम गरेकाे बताए । उनले म्यूजिक भिडियाेले समानता र दुव्यसनकाे बिषय उठान गरेकाे बताए ।

    म्यूजिक भिडियाेकाे समक्षा गर्दै ऋषि न्याैपानेले भिडियाेले मनाेरञ्जनसंगै अन्तरजातिय प्रेमले समाजलाई सकरात्मक सन्देश दिएकाे बताए ।

    कार्यक्रममा अटाे व्यवसायी विश्वराज गैरे, नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव रामप्रसाद अाचार्य, लाेक दाेहरी गित प्रतिष्ठान रूपन्देहिका सहकाेषाध्यक्ष रेशम खना, स्वतन्त्र पत्रकार संघ प्रदेश ५ का उपाध्यक्ष ईश्वर पाैडेलले बाेल्दै गितकाे सफलताकाे कामना गरे ।

    कार्यक्रममा अभिनेतृ प्रमिला कार्किले समाजमा दलित र गैरदलितका विच रहेकाे भेदभावलाई अन्त्य गर्ने सन्देश दिने म्यूजिक भिडियाेमा अभिनय गर्ने अवसर पाएकाे बताईन ।

    दाैतरीमा गायक अनिल पहाडि र गायिका मेलिना राईकाे स्वर रहेकाे छ । कार्यक्रम गायक पहाडिकाे अध्यक्षता, गायक तथा सञ्चारकर्मि दिपु मगरकाे सञ्चालन एंव लाेकदाेहरी गित प्रतिष्ठान रूपन्देहीका प्रवत्ता दीपक दर्लामीले स्वागत गरेका थिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार