Trending
  • तेस्रो तिलोत्तमा प्रिमियर लिग असोज २५ देखि हुने - Butwal Online
    तेस्रो तिलोत्तमा प्रिमियर लिग असोज २५ देखि हुने

    बुटवल, ११ साउन । आगामी असोज २५ गते देखि रुपन्देहीको तिलोत्तमा तेस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।



    तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगितामा प्रदेश नंं ५ का १० टिमको सहभागिता हुने आयोजकले जनाएको छ । नज जिवन खेल मैदानमा हुने प्रतियोगिताले नयाँ खेलाडि उत्पादनमा सहयोग पुग्ने तिलोत्तमा क्रिकेट विकास समितिका सिईओ एवं खेल संयोजक दिपक भुर्तेलले बताए ।

    प्रतियोगितामा प्रथम हुनेले ४ लाख, द्धितिय हुनेले २ लाख र म्यान अफ दि सिरिजलाई २० हजार पुरस्कार प्राप्त गर्नेछन् । कुल २५ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा खेलाडि छनोट अक्सन मार्फत गरिनेछ । कार्यक्रम समितिका अध्यक्ष अच्युत ढुंगानाको अध्यक्षतामा भएको थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार