Trending
  • साहित्यकार सरिता अर्यालको ‘मेरो अपहरण’ सार्वजनिक - Butwal Online

    काठमाडौँ, ११ साउन । साहित्यकार सरिता अर्यालको नियात्रा सङ्ग्रह ‘मेरो अपहरण’ सार्वजनिक भएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक समारोहका बीच पुस्तक सार्वजनिक गरेका छन् ।



    उनले मेरो अपहरण पुस्तक एउटा ऐतिहासिक कृति रहेको उल्लेख गर्दै विगतका द्वन्द्व, त्यसमा भएका प्रमुख घटना र कमजोरी पुस्तकमा रहेको बताए । प्रदेश सभासद कुर्मराज शाहीले अपहरणको बेलाको लेखकले आफ्नो मनस्थिति कस्तो भएको थियो प्रष्ट्याएको बताए ।

    साहित्यकार तारानाथ शर्माले माओवादी र सरकार पक्ष दुवैका कुरा सुनेर तथस्ट भएर जनयुद्धका विषयमा लेखिएको यो नै प्रथम कृति भएको बताए । प्रतीक ढकालले पीडाले मान्छेलाई लेख्न बाध्य बनाउँछ भन्दै, म मारिदैछु भन्ने ठाउँबाट फर्केर आउँदा कस्तो अनुभूत हुन्छ त्यही अनुभवको दसीको रुपमा पुस्तक रहेको बताए ।

    अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले माओवादी द्वन्द्वको समयमा नेपालीले भोगेका अनुभव र अनुभूति पुस्तकमा रहेको बताए । लेखिका अर्यालले जनयुद्धको समयमा कालिकोटमा सरकार र तत्कालीन माओवादी पक्षद्वारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनको बारेमा पुस्तकमा लेखिएको बताईन।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार