Trending
  • सञ्जय काउछाको ‘जिन्दगी’ कथा संग्रह विमोचन - Butwal Online
    सञ्जय काउछाको ‘जिन्दगी’ कथा संग्रह विमोचन

    बुटवल, ११ साउन । लेखक सञ्जय काउछा मगरको ‘जिन्दगी’ कथा संग्रह विमोचन भएको छ । शनिबार बुटवलमा आयोजित गजल सागरको नियमित श्रृङ्खलामा रोहित रानाको गजल वाचन तथा सञ्जय काउछाको ‘जिन्दगी’ कथा संग्रह विमोचन गरिएको हो ।



    संग्रहको विमोचन गर्दै वरिष्ठ साहित्यकार वुद रानाले युवाहरुले यो विचार र उ विचार भन्ने छाडेर देश भक्तिको विचार बोक्नुपर्नेमा जोड दिए । विगतमा युवाहरु यो विचार र उ विचार भनि विभाजित हुँदा मुलुक पछाडी परेको भन्दै उनले देश भक्तिको विचार बोकेर युवाहरु मुलुकको नेतृत्व लिन एकजुट हुनुपर्ने आवस्यकता औल्याए ।

    सबै राजनीतिक दलहरुले देश भक्तिको कुरा गर्ने तर व्यवहारमा देश भक्ति देखाउन नसकेको भन्दै साहित्यकार रानाले मुलुकको विकासका लागि युवाहरु एकजुट हुन आग्रह गरे । आफु हालसाथै बिभिन्न मुलुकको भ्रमण गरेर आएको स्मरण गराउदै उनले समय र श्रमको उचित सम्मान गर्ने मुलुक विकसित भएको आफुले महसुस गरेको बताए ।

    कार्यक्रममा वरिष्ठ साहित्यकार रामचन्द्र भट्टराई,रोहित राना,कृष्ण गाउले लगायतले आ आफ्नो रचना वाचन गर्नुकासाथै ‘जिन्दगी’ कथा संग्रहको बारेमा प्रकास पारेका थिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार