Trending
  • साउन महिनाको दोस्रो सोमबार पर्रोहा बोलबम धाममा भक्तजनको भीड (फोटोफिचर) - Butwal Online

    बुटवल, १३ साउन । आज साउनको दोस्रो सोमबार रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ मा रहेको पर्रोहा मन्दिरमा पर्रोहा परमेश्वर बोलबम शिव ज्योर्तिलिङ्गमा जलार्पण गर्न आउने भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ ।



    साउन महिना र सोमबार भगवान शिवको महिना र बार भएकोले पर्रोहा मन्दिरमा दर्शनार्थीको भिडनै लाग्ने गरेको छ । पहिलो सोमबार २० हजार बढी भक्तजनले मन्दिरमा जलार्पण गरेका थिए भने आज दोस्रो सोमबार दिउसो १ बजेसम्म करिब ७० हजार भक्तजनहरुले मन्दिरमा जलार्पण गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीले बताए ।

    साउन महीना शिवजीको प्रिय महीना भएकाले शिवजीको पुजाआजा, आराधना र भजनकीर्तन गर्नाले रोगव्याधी नलाग्ने, मनोकांक्षा पुरा हुने र आयु लामो हुने धार्मिक विश्वास छ । साउनको सोमबार व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वासले पनि भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

    मन्दिर दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनहरुको लाम लागेको थियो । यस वर्ष साउनमा ४ वटा सोमबार परेको छ । महिलाहरु साउन महिनाभर माछा मासु नखाई शिवको आराधना गरि प्रत्येक सोमबार ब्रत बस्ने गर्दछन । पर्रोहा बोलबम धाममा रुपन्देही लगायत छिमेकी जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु जल चढाउन र दर्शन गर्न आउने गर्दछन् ।

    सो धाममा शिव पाञ्चायन, गणेश, पार्वती मन्दिर, लक्ष्मीनारायण, राधाकृष्ण, सन्तोषीमाताको मन्दिर, चन्द्रमा आकारको सरोवर, १ सय ८ शिवलिङ्ग, पाँच÷पाँच पीठको शिवमुर्ति र नागकुण्ड रहेका छन् ।

    पर्रोहा बोलबम धाममा जे देखियो (फोटोफिचर) हेर्नुहोस

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार