Trending
  • पाकिस्तानमा विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु - Butwal Online
    पाकिस्तानमा विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु

    एजेन्सी, १४ साउन । पाकिस्तानको रावलपिण्डीमा भएको सेनाको विमान दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।



    फाइल तस्बिर 

    रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको ज्मृत्यु भएको हो ।

    विमान दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । तालिमको क्रममा रहेको सेनाको विमान मंगलबार बिहान आवासीय क्षेत्रमा बिहान दुर्घटनाग्रस्त भएको हो । विमान आवासीय क्षेत्रमा खसेका कारण धेरै क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।
    दुर्घटनाको कारण भने अहिले सम्म खुलेको छैन ।

    आवासीय क्षेत्रमा विमान खसेपछि केही घरहरुमासमेत आगलागी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
    राजधानी इस्लामाबाद नजिकै रहेको रावलपिण्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार