Trending
  • सुशासन र पारदर्शिताका लागि नागरिक समाज र सन्चारकर्मी एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता - Butwal Online

    बर्दिया, १४ साउन । स्थानिय तहहरुमा सुशासन र पारदर्शिताका लागि बर्दिया जिल्लाका नागरिक समाज र सन्चारकर्मी एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।



    गुलरियामा भएको नागरिक समाज र सन्चारकर्मीको संयुक्त बैठकले स्थानीय तहमा देखिएको बेरुजु जस्ता विभिन्न सुचनाहरु माग गर्ने, सुशासन र जवाफदेहिताको लागि ज्ञापन पत्र बुझाउने र बृहत नागरिक समाजको अन्तरक्रिया कार्यक्रमको आयोजन गरिने निर्णय समेत गरेको छ ।

    स्थानीय स्तरमा देखिएका शिक्षा, स्वास्थ्य, कृषि तथा विपत ब्यवस्थापन जस्ता विषयमा जिल्लामा नागरिक समाजका अगुवा र संचारकर्मीहरुको संयुक्त टोलीले अनुगमन गर्ने निर्णय समेत गरेको छ । सुचना र मानव अधिकार अनुुसन्धान केन्द्रले युएसएआईडी र एफएचआई ३६०को सहयोगमा बर्दिया जिल्लामा पारस्परिक जवाफदेहिता परियोजना सन्चालन गरिरहेको छ ।

    नेपाल पत्रकार महाँसघ, बर्दिया र गैरसरकारी सस्था महाँसघसंग समन्वय गरी संयुक्तरुपमा नागरिक समाजको भुमिकालाई ब्यापक बनाउने बारे छलफल गरिएको छ ।

    कार्यक्रमको सहजिकरण आईएचआरसी संस्थाका कार्यक्रम ब्यवस्थापक रबिन्द्र कुमार ज्ञवाली र बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले गरेका थिए ।

    सो कार्यक्रममा नेपाल पत्रकार महाँसघ बर्दियमका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद धिताल, गैरसरकारी सस्था महासघका अध्यक्ष विष्णु तिमिल्सिना, थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिं थारु, बर्दिया नागरिक समाज सन्जालका अध्यक्ष बालकृष्ण ओली, बेस बर्दियाका कुलराज दहित, दलित सेवा संघका जयराम थारु, फोनिजका जनकराम थारु लगाएतका विभिन्न संचार माध्यमका संचारकर्मी, नागरिक समाज सघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार