Trending
  • अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो - Butwal Online
    अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

    काठमाण्डौ, १५ साउन । आज बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।



    नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४८ पैसा तोकको छ । हिजो खरिददर खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ २८ पैसा थियो ।

    साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा छ । मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २४ पैसा र बिक्रीदर २९ रुपैयाँ ४० पैसा थियो ।

    यस्तै बुधबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकेको छ । मंगलबार यसको १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा थियो ।

    यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८ पैसा छ । मंगलबार यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३० रुपैयाँ ०२ पैसा थियो ।

    यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६४ पैसा र बिक्रीदर २६ रुपैयाँ ७८ पैसा तोकिएको छ । मंगलबार यसको १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७३ पैसा थियो ।

    बुधबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा पुगेको छ । मंगलबार खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा थियो।

    यस्तै कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३६० रुपैयाँ १८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १५ पैसा थियो ।

    बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९३ रुपैयाँ ६ पैसा छ । मंगलबार बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ९२ पैसा र बिक्रीदर २९२ रुपैयाँ ५१ पैसा रहेको थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार