Trending
  • अर्जुन सापकोटाको तीज गीत ‘ढल्केरै नाच्छु’ बजारमा (भिडियो) - Butwal Online

    बुटवल, १५ साउन । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा लोकप्रिय गायक राजु ढकाल, अर्जुन सापकोटा र गायिका देवी घर्तीको स्वरमा तीज कोसेली “ढल्केरै नाच्छु” बजारमा आएको छ ।



    जसमा जय देवकोटा, सुस्मिता घर्ती, निरुता खत्रीको पनि स्वर रहेको छ । मनोज चापागाईंको उत्कृष्ट शब्द संकलनमा अर्जुन सापकोटाले संगीत भरेका हुन् ।

    भिडियो निर्देशन मदन खड्काले गरेका छन् भने विरेन्द्र भट्टको क्यामेरा र विकाश ज्ञवालीको सम्पादनमा तयार भएको हो । भिडियोमा चर्चित मोडल सारिका केसी सँग अर्जुन सापकोटाले कम्मर मर्काएका छन् ।

    तीज नजिकिँदै गर्दा दिनानुदिन नयाँ नयाँ गीतहरु बजारमा आइरहेको बेला यो गीतले पनि दर्शक स्रोताको राम्रो साथ पाउने अनुमान लगाउन सकिन्छ । गीतको भिडियो अर्जुन सापकोटा युट्युब च्यानलबाट बजारमा आएको हो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार