Trending
  • ‘सरकार सही दिशामा छ तीनै तहमा समन्वय गर्नुस्’ : मुख्यमन्त्री पोखरेल - Butwal Online

    भैरहवा, १५ साउन । नेकपाका पाँच नम्बर प्रदेश कमिटी इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले सरकार सही दिशामा अगाडि बढिरहेको बताएका छन् । मुलुकको आर्थिक विकासको सुचकले नै यसको पुष्टि गरेको उल्लेख गर्दै नेता पोखरेलले तीनै तहका सरकारले प्रष्ट योजनाका साथ काम गरिरहेको बताए ।



    उनले सरकारले राम्रो काम गरेपनि त्यसका विरुद्ध भ्रम र अनर्गल प्रचारबाजी कम नभएको भन्दै नेता पोखरेलले सत्यलाई ढाकछोप गर्नेहरुलाई जनतामाझ उदांगो पार्नुपर्ने बताए । तीनै तहका सरकारसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिंदै उनले आवधिक र दीर्घकालिन महत्वका योजनाहरु साकार पार्न पनि सहकार्यको खाँचो रहेको बताए । उनले पार्टीका कामलाई जनतासंग जोडने र उनीहरुकै दुखसुखमा साथ दिनेगरि कार्यक्रम बनाउन पनि आग्रह गरे ।

    बैठकमा पार्टीका प्रदेश अध्यक्ष आनसरी घर्ती, सचिव जगप्रसाद शर्मा र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लिला गिरीले समृद्ध नेपाल र सुखी नेपालीको संकल्पलाई साकार पार्नेगरी अभियानमा जुट्न निर्देशन दिए । बैठक नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षता र सचिव नारायण जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार