Trending
  • जेष्ठ नागरिकलाई सम्मान तथा खिर खुवाउने कार्यक्रम सम्पन्न - Butwal Online

    बुटवल, १५ साउन । खिर खाने दिनको अवसरमा आज बुटवलको देबिनगरमा जेष्ठ नागरिक सम्मान,भेटघाट तथा खिर खाने कार्यक्रम सम्पन्न भएको छ ।



    बुटवल उपमहानगरपालिका वडा नं ११ देबिनगर स्थित जेष्ठ नागरिक मञ्च,नवदुर्गा मन्दिर व्यवस्थापन समिति र जि २५ क्लव को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै ग्लुकोज बितरण गरिएको जेष्ठ नागरिक मञ्चका उपाध्यक्ष कुलबहादुर केसीले जानकारी दिए ।

    जेष्ठ नागरिक मञ्च देबिनगरका अध्यक्ष रोम बहादुर कुवरको सभापतित्व र बुटवल वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख तारा प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी रिमा बिसी, समाजसेवी चित्रबहादुर बर्मा, जेष्ठ नागरिक मञ्चका सचिव क्याप्टेन डोर बहादुर थापा, नव दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर कुँवर, जि २५ क्लव देबिनगरका अध्यक्ष देवु अर्गली, जेष्ठ नागरिक मञ्च देबिनगरका सह सचिव राम चन्द्र तिवारी लगायतले कार्यक्रमबारे आ आफ्नो भनाई राखेका थिए ।

    जेष्ठ नागरिकहरुलाई बितरण गरिएको ग्लुकोजको सौजन्य जेष्ठ नागरिक सुमित्रा खत्रीले गरेको आयोजकले जनाएका छन् । कार्यक्रममा झण्डै डेढ सय बढिको सहभागिता रहेको आयोजकले जानकारी दिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार