Trending
  • पुरुषोत्तम भण्डारी (पुर्खे बा) काे मार्मिक तीज गीत सार्वजनिक (भिडियो) - Butwal Online

    बुटवल, १७ साउन । चर्चित कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा)काे नयाँ तीज गीत सार्वजनिक भएकाे छ । पुरानो भाकालाई टपक्क टिपेर तिवारी आमा पनि भनेर चिनिने लक्ष्मी तिवारीसँग संयुक्त स्वरमा भण्डारीको तीज गीत “पानी मरुवा” सार्वजनिक भएको हो ।



    बिहीवार पुर्खे बाको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको स्वरमा पुरुषोत्तम भण्डारी र लक्ष्मी तिवारीलाई गायक-गायिका सुकदेव अधिकारी र सपना गाहाले साथ दिएका छन् ।

    गायक भण्डारीको आफ्नै शब्द र संगित रहेको गीतमा संगित संयोजन कृष्ण भान्जाले गरेका छन् । मालश्री स्टुडियोमा रेकर्ड भएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

    पाल्पा, गुल्मी, स्याङ्जा लगायत पश्चिम नेपालमा एकदमै चलेको भाका पुरानो भाकामा तिज भाकामा गीत तयार पारीएको छ । तिजमा छोरी माईत आउने परम्परा रहेपनि यस पटकको तिजमा कुनै पनि छोरीहरु आउन नपाएको गुनासो र पिडा समेटीएको छ । रामु चापागाई निर्माता रहेको भिडियोको छायांकन बिजय पोखरेलले गरेका छन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार