Trending
  • तराईबासी राहत संकलन समितिद्वारा गुल्मीको सत्यवती २ र ३ मा राहत वितरण - Butwal Online

    बुटवल, १७ साउन । गुल्मीको सत्यवती गाउपालिका वडा नं. २ मा पहिरोका कारण १७ घरहरु उच्च जोखिममा परेका छन् । गत साउन ६ गते गएको पहिरोका कारण वडा नं. २ मा १७ घर उच्च जोखिममा परेका हुन ।



    वडा नं. २ का वडा सदस्य तारापती तरामुका अनुसार १७ परिबारका ४२ जनालाई अहिले शिविर राखेर राहत दिने काम भइरहेको छ । उनीहरुलाई वडा नं. २ को श्रीनेरामा रहेको गगनपुर आधारभुत विद्यालयमा राखेको उनले बताए । वडा नं. २ को थुम्का टोलमा १२ घर, चेमीमा ३ घर र पाडीमा २ घर विस्थापित भएका छन् ।

    साउन ६ गते गएको पहिरोका कारण ईन्द्रलाल राहडीको घर पुर्ण रुपमा क्षेत्री भएको थियो । मानविय क्षत्री सो वडामा नभएपनि भौतिक क्षति भएको वडा सदस्य तरामुको भनाई छ । पहिरोका कारण छविलाल तरामु, क्लव बराल, नारायण तरामु तरामु, विनय तरामु, रोम बहादुर राहाडि, लक्ष्मण भटट्राई, शेर बहादर राहाडी, लिाल पन्थ कुँवर, मोतिलाल वि.क. र खिम बहादुर कुँवरको घर उच्च जोखिममा परेको छ । वडा नं. २ का बासन्दिाहरुले राहत सवै सामाग्री वडा नं. ३ मा आएको भन्दै आफुहरु ओझेला परेको बताएका छन् । गगनपुर टोल विकास संस्थाका अध्यक्ष गिरी राहाडीले राहत वितरण चुस्त र दुरुस्त नभएको बताए ।

    यसैबीच गुल्मीको सत्यवती गाउपालिका वडा नं. २ र ३ का पहिरो पिडितलाई तराईबासी राहत संकलन समितिले सहयोग हस्तान्तरण गरेको छ । विहिबार एक कार्यक्रमका बीच सत्यबती गाउपालिका वडा नं. ३ मा पुगेर समितिले राहत सामाग्री हस्तान्तरण गरेको हो । गत साउन ६ गते गएको पहिरोमा परी वडा नं. ३ सिंदीमा पाँच जनाले ज्यान गुमाएका थिए ।

    समितिले वडा अध्यक्ष रुक बहादुर रानालाई नगद सहित खाद्यान्य हस्तान्तरण गरेको हो । समितिका संयेजक होम बहादुर राहाडी, दानापुर रातोडाँडा लुम्पेली कञ्चन १ का संयोजक मिन बहादुर थापा लगाएलले ४२ क्युन्टल चालम, कपडाहरु अध्यक्षलाई हस्तान्तरण गरेका हुन । संयोजक राहाडिले पौने ४ लाख रुपैया नगद समेत संकलन भइसकेको भन्दै उक्त रकम बाट वडामा आवश्यक सामाग्रीहरु खरिद गरेर पठाउने बताए । अहिले पनि समितिले राहत संकलन गरिरहेको छ । साईन रेसुंगा बैंकमा अहिले सम्म ३ लाख ८० हजार रुपैया नगद जम्मा भइसकेको बताउँदै वडामा आवश्यक सामाग्रीहरु खरिद गरेर सहयोग गर्ने बताए ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै वडा नंं ३ का अध्यक्ष रुक बहादुर रानाले पहिरो पिडितका नाममा आएको राहतलाई बैज्ञानिक ढंगले व्यवस्थापन गरिएको बताए । हाल सम्म वडामा मात्र १७ लाख ७ हजार ८ सय ८९ रकम जम्मा भइसकेको बताए । पहिरोले पाँच जनाको ज्यान गएपनि वडा नंं ३ मा ३ सय ७ घरका १२ सय ६० जना विस्थापित भएको भन्दै उनले सवै जनालाई शिविरमा राखिएको बताए ।

    राहत संकलन समितिका सदस्य टेक बहादुर राहाडीले बस्तीलाई नै पुर्नस्थापित गर्नुपर्ने भएको भन्दै त्यसका लागि तत्काल भुर्गभ विद्लाई ल्याउनुपर्ने बताए । उनले आफ्नो गाउ ठाउमा परेको विपत्तमा मलहम लगाउनका लागि राहत संकलन गरिरहेको बताउँदै वडा नंं २ का जनताको गुनासो सुन्न उनले वडा अध्यक्षलाई आग्रह गरे ।

    यो पनि पढ्नुहोस

    पहिरोले थलिएको गुल्मी ठुलोलुम्पेक र लिम्घा (फोटो फिचर)

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार