Trending
  • सिंह कम्प्लेक्स विवाद–समाधानकालागि सञ्जालको ७ बुँदे निर्णय - Butwal Online

    बुटवल,१८ साउन । बुटवल अमरपथ स्थित सिंह कम्प्लेक्स सञ्चालक र व्यवसायीहरुबीचको बिवादको बिषयमा रुपन्देही जिल्लाका संघ संस्थाहरुको सञ्जालले बिवाद समाधानका लागि ७ बुँदे सुझाव दिएको छ ।


    सिंह कोम्प्लेसको ८ महिनाबाट चलेको विवादका विषयमा कानुन मन्त्रालयबाट निर्देशित भै इलाका प्रहरी कार्यालय बुटवलबाट गठन भएको ५ सदस्य समिती तथा रुपन्देही स्थित संघसस्थाको सन्जालले दुबै पक्षको जित हुने गरि विवाद समाधान गर्ने उद्देश्यले प्रस्तावहरु अगाडी सारेको हो ।



    विभिन्न समयमा भएका ५ वटा बैठकमा भएको लामो छ्लफल पछि दुबै पक्षको जित हुने गरि विवाद समाधान गर्ने उद्देश्यले प्रस्तावहरु अगाडी सारिएको सञ्जालले जनाएको छ ।

    रुपन्देही स्थित संघ संस्थाहरुको सञ्जालले सिंह कम्प्लेक्सको पहिलो तल्लाको बहाल दर ११० रुपैयाँ प्रति स्क्वायर फुट कायम गरेको छ भने दोश्रो तलाको बिवाद न रहेकाले पुरानै रेट प्रति स्क्वायर ५० रुपैयाँ कायम गरेको छ ।

    बिजुली तथा ब्यवस्थापन शुल्क हाल जे जसरी चलिरहेको छ सोही अनुसार हुने र बहाल बृद्धिको सम्वन्धका २ बर्ष सम्म माथी लेखिए बमोजिम रहने र सम्झौता अवधी पनि दुई बर्ष हुने जनाइएको छ अन्य बिषयमा आपसी समझदारी र नेपालको मुलुकी देवानी संहिता ऐन–२०७४ मा लेखिए बमोजिम रहने छ ।

    कुनै पनि व्यापारीले कम्प्लेसमा बस्न नचाहेमा बहालमा लिएको ठाउँलाई व्यवस्थापन गर्ने सन्दर्भमा बिक्रि वितरण गर्न सक्ने र व्यवस्थापन पक्षले कुनै बाधा अड्चन गर्न नपाइने निर्णय गरेको छ ।

    त्यस्तैगरी सिंह कम्प्लेक्समा रहेका व्यवसायीहरुको तर्फबाट माग भई आएको सरसमानको क्षतिपुर्ति नपाउने र व्यवस्थापन पक्षले पनि दाबी गर्दै आएको ८ महिनाको घरबहाल पनि पुरा मिनाह गर्नु पर्ने सञ्जालको निर्णय छ ।

    बन्द हुनु अगाडीको बहाल रकम बुझाउनु पर्ने भए यथासिघ्र बुझाउनु पर्ने र व्यवस्थापन पक्षले पनि आवश्यक अन्य केहि व्यवस्थापन गर्नु पर्ने भए व्यस्थापन गरि पसल खोल्न पहल गर्नु पर्ने निर्णय भएको नेपाल घर बहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष तथा सिंह कम्प्लेक्स विवाद समाधान समितिका सदस्य संकर कोइरालाले जानकारी दिए ।

    सिंह कम्प्लक्ेसका व्यापारीहरुको सटरको बिजुली बंद गरिदिए पछि कम्प्लेक्स व्यवस्थापन र व्यापारीहरुबीच पटक÷पटक विवाद हुँदै आएको भन्दै सञ्जालले अब उप्रान्त त्यस्ता प्रबृत्तिका कार्यहरु नगर्न र नगराउन समेत सुझाव दिएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार