Trending
  • पत्नीलाई नै दाउमा लगाए जुवाडे पतिले, हारेपछि सामूहिक बलात्कार - Butwal Online

    बुटवल,१८ साउन । भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको र हारेपछि पत्नीलाई बलात्कारको शिकार बनाएको घटना सार्वजनिक भएको छ ।



    जुवामा हारेका ती पतिले आफ्नी पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाएको घटनामा प्रहरीले कारबाही अघि नबढाएको भन्दै पिडित महिला अदालत पुगेपछि घटना सार्वजनिक भएको हो ।

    अहिले यो घटना अदालतमा दर्ता भएको छ ।

    भारतको जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पतिले जुवा खेल्दा पैसा हारेपछि पत्नीलाई दाउमा लगाएको र जुवा हारेपछि उनका साथीले पत्नीसँग सामूहिक बलात्कार गरेको बताइएको छ ।

    घटनाको बिषयमा उनकी पत्नीले प्रहरीमा उजुरी गरे पनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितको गुनासो छ । प्रहरीले उजुरी दर्ता नगरेपछि उनि अपमानित भएको महसुस गरी माइती गएकी थिइन् ।

    त्यसपछि पति पनि ससुराली गए र अबदेखि यस्तो नगर्ने शर्तमा पत्नीलाई लिएर घर फर्किए । घर फर्कने क्रममा फेरि बीच बाटोमै गाडी रोकेर उनका पतिले साथीहरु अरुण र अनिललाई पनि त्यही गाडीमा चढाएर फेरि पनि ती दुवै जनाले जुवामा हारेको कारण पत्नीको बलात्कार गरेको जनाइएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार