Trending
  • गुल्मीको मदानेमा मदिराको झाेकमा खुकुरी प्रहार - Butwal Online
    गुल्मीको मदानेमा मदिराको झाेकमा खुकुरी प्रहार

    गुल्मी, १९ साउन । जिल्लाको मदाने गाउँपालिकामा स्थानीय एक युवामाथि खुकुरि प्रहार भएको छ ।



    मदाने गाउँपालिका वडा नम्बर १ का वावुराम चन्दले मदिराकाे झाेकमा आफ्नै साथी वसन्त वाेहरामाथि खुकुरी प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीन घलेले जानकारी दिए ।

    मदिरा सेवन गरेका उनीहरुविच शनिवार राति १० वजेतिर सामान्य विवाद भएको थियो । विवादपछी चन्दले खुकुरी प्रहार गरेका थिए ।  खुकुरी प्रहारबाट वसन्तकाे टाउकाे पछाडि गहिराे चाेट लागेकाे छ ।

    घाइतेलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि पाल्पा पठाइएकाे छ । उनकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । खुकुरी प्रहार गर्ने वावुरामलाई ईलाका प्रहरी कार्यालय पुर्काेटदहकाे प्रहरी टाेलीले राति नै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पठाएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेकाे प्रहरी जनाएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार