Trending
  • पाल्पामा श्रमिक मजदुरलाई प्रोत्साहन रकम - Butwal Online

    बेझाड, १९ साउन । रामपुर नगरपालिका क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरुलाई काममा हौसला बढाउन प्रोत्साहन रकम प्रदान गरिएको छ ।



    पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले निर्माण क्षेत्रका अगुवा मजदुरलाई घर ढलानको सङ्ख्याको आधारमा प्रतिढलान रु दुईका दरले प्रोत्साहन प्रदान कार्य शुरु गरेको हो ।

    समितिमा आबद्ध भएकामध्ये ५४ अगुवा मजदुरलाई प्रोत्साहन रकम प्रदान गरिएको समितिका अध्यक्ष माधव पोखरेलले बताए । “श्रमिक मजदुर भनेपछि सबैले हेयको दृष्टिकोण राख्ने प्रवृत्ति अझै पनि कायमै छ, उनीहरुको पेशालाई मर्यादित र सम्मानित बनाउन प्रोत्साहन रकम प्रदान कार्यक्रम शुरु गर्न थालेका हौँ”, उनले भने ।

    गत आर्थिक वर्षमा संस्थामा आबद्ध अगुवा मजदुरको नेतृत्वमा ५०५ घर तथा भवनहरुको ढलान भएको थियो । मजदुर पनि सम्मानित हुने अवसर आएकोमा खुशी व्यक्त गर्दै प्रोत्साहन रकमले काममा झन् हौसला बढेको मानबहादुर लामाले बताए ।

    “मजदुरलाई हेर्ने दृष्टिकोण नै नराम्रो रहेका बखत यस्ता कार्यक्रमले काममा मनोबल बढ्दै जानेछ”, उने भने । मजदुरको हकहितका लागि समितिले रु दुई लाखसम्म निःशुल्क दुर्घटना बिमा पनि गरिदिएको छ ।

    रामपुर क्षेत्रमा करीब दुई हजार ५०० को हाराहारीमा श्रमिक मजदुर रहेका छन् । त्यसमध्ये पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिमा एक हजार मजदुर आबद्ध छन् ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार