Trending
  • पाल्पाको पुर्वखोलामा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न - Butwal Online

    बेझाड, १९ साउन । पाल्पाको पूर्वखोला गाउँपालिका–३ रिङ्नेरहको द्वारीगौँडाको वृत्ताबजारमा एक घर एक धारा खानेपानी आयोजना निर्माण सकिएको छ ।



    यहाँका ४९ घरपरिवारका लागि खानेपानीको सुविधा पु¥याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको हो । खानेपानी आयोजना सम्पन्न भई गाउँका घर–घरमा पानी वितरण भएपछि खानेपानी बोक्ने झन्झट हटेको सिर्जना खनालले बताईन ।

    गोरखा वयरफेयरको रु १९ लाख दुई हजार ५०० र उपभोक्ताबाट रु १८ लाख ९६ हजार ५३७ गरेर जम्मा रु ३७ लाख ९९ हजार ३७ को लागतमा खानेपानी आयोजना सम्पन्न गरिएको हो । दुई सेफ्टीट्याङ्की, सात हजार घनलिटर र चार हजार घनलिटरको ट्याङ्कीमा दुई मूलको पानी जम्मा गरी गाउँमा खानेपानी लगिएको छ ।

    एक घर एक धाराको अवधारणासहित निर्माण भएको आयोजनाले सहजरूपमा खानेपानीको सुविधा पुग्ने खानेपानी उपभोक्ता समितिका अध्यक्ष थमकुमारी सारुले बताईन । हिउँदयाममा गाउँमा खानेपानीको समस्याले सास्ती खेप्दै आइरहेका यहाँका स्थानीयवासी एक घर एक धारा आयोजना कार्यक्रमबाट दङ्ग छन् ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार