Trending
  • सुनको मुल्यमा नयाँ रेकर्ड - Butwal Online
    सुनको मुल्यमा नयाँ रेकर्ड

    बुटवल, १९ साउन । सुनको मूल्य बढ्ने क्रम जारी छ। गत शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६६ हजार ३ सय रुपैयाँ पुगेको छ।



    साताको पहिलो दिन आइतबार ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो मूल्य कायम भएको हो । गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर नयाँ कीर्तिमान बनाएको थियो । सुनको मूल्य २०७० भदौ १२ गते एक तोला सुनको ६३ हजार ३ सय रुपैयाँ भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । पछिल्लो समय सुन महँगो भएपछि घट्दै गएको सुन बजार अझ तल ओर्लिएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार