Trending
  • ठुलीभेरी नदीले तीन घर बगायो - Butwal Online
    ठुलीभेरी नदीले तीन घर बगायो

    रुकुमपश्चिम, २० साउन । आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं ६ मनकाबगरमा ठूलीभेरी नदीले तीन घर बगाएको हो ।

    फाइल तस्बिर



    स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिराले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ ।

    त्यस्तै अन्य आठ घर ठूलीभेरी नदीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । जोखिममा परेका घर एक हप्ता अगाडि नै प्रहरी र स्थानीयको सक्रियतामा खाली गरिएका कारण अन्य क्षति भने हुन नपाएको उनको भनाइ छ ।

    जोखिममा रहेका आठ घर पनि खाली गरिएको छ । घर बगेका तथा घर जोखिममा परेका स्थानीय अन्यत्र शरण लिएर बसिरहेको उनले बताए । लगातारको वर्षाका कारण नदीको प्रवाह बढेकाले नदीले कटान शुरु गरेको स्थानीयको भनाइ छ ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार