कपिलवस्तुमा सर्पको डसाइबाट २ जनाको मृत्यु - Butwal Online
कपिलवस्तुमा सर्पको डसाइबाट २ जनाको मृत्यु

प्रिंस मिश्रा

कपिलवस्तु, २० साउन । नाग पंचमीकै दिन सर्पको डसाइबाट कपिलवस्तुको बाणगंगा नगरपालिकामा २ जनाको ज्यान गएको छ ।



फाइल तस्बिर 

ज्यान जानेमा बाणगंगा नगरपालिका वडा नं ६ भगलापुरका अन्दाजी ४५ बर्षिय तेज प्रसाद खनाल र वडा नंं. ३ निवासि ५० बर्षिया शुभमाया थापा रहेका छन् । उनीहरुको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

खनाललाई आइतबार साँझ घरबाट लक्ष्मणघाट बोलबम जाने क्रममा गोमन सर्पले डसेको थियो । सर्पदंश उपचार केन्द्रका नविन भण्डारीले  खनाललाई समयमै अस्पत्ताल ल्याउन नसक्दा ज्यान गएको बताए ।

थापालाई आज विहान सर्पले डसेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो समय सर्पदंस उपचार केद्र गोरुसिंगेमा सर्पदंसका बिरामीहरुको संख्या बढेको उपचार केंद्रले जानकारी दिएको छ l

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार