Trending
  • जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष गैरेको निधन - Butwal Online
    जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष गैरेको निधन

    सुनिल कार्की

    पाल्पा, २० साउन । नेपाल राष्ट्रिय शिक्षक संगठनका आजीवन सदस्य, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष डिल्लीराम गैरेको निधन भएको छ ।



    बेद उच्च मा.बि बराङदी पाल्पाका पूर्ब प्रध्यानाध्यापक समेत रहेका गैरेको सोमबार बिहान हृदयघाटका कारण मृत्यू भएको पारिवारिक स्रोतले जनाएका छन् ।

    शैक्षिक एबम् सामाजिक अभियानमा क्रियाशिल गैरेको निधनले जिल्लाको शैक्षिक एबम् सहकारी आन्दोललाई क्षति पुगेको भन्दै पाल्पाका बिभिन्न शैक्षिक एबम् सहकारीका अभियान्ताहरुले दु:ख व्यक्त गरेका छन् ।

    सोमबार परेको श्रीपन्चमीमा नागको तस्बिर ढोकामा टास्ने क्रममा एक्कासी बेहोस भएका डिल्लीराम गैरेलाई उपचारका क्रममा तानसेन स्थित युनाईटेड मिशन अस्पताल ल्याउने क्रममा उनको निधन भएको छिमेकीहरुले जनाएका छन् ।

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार