Trending
  • अझै ३ दिन मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने, सतर्क रहन आग्रह - Butwal Online

    बुटवल, २१ साउन । मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले अब केही दिन मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    देशका केहि स्थानमा मेघ गर्जन सहित चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ । अबको तीनदिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    मनसुनी न्युनचापीय रेखा औसतको ठाउँभन्दा केही उत्तरतर्फ (नेपालतर्फ) सरेकाले अबको तीन दिन पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

    आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदलीका साथै पुर्वी तथा मध्य भू–भागमा सामान्य बदली रही देशको केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाद्धारा जारी गरेको सुचनामा जनाइएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार