Trending
  • कपिलवस्तुमा सर्पको डसाइबाट बालकको ज्यान गयो - Butwal Online
    कपिलवस्तुमा सर्पको डसाइबाट बालकको ज्यान गयो

    प्रिंस मिश्रा
    कपिलवस्तु, २१ साउन । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ चनईमा गोमन सर्पको डसाइले एक बालकको ज्यान गएको छ । चनईका शिव मंगल कोहारको ७ बर्षीय छोरा मनोज कोहारको गोमन सर्पको टोकाईले ज्यान गएको हो ।



    राती सुतेको अवास्थामा गोमन सर्पले मनोजको खुट्टामा दुई ठाँउमा टोकेको वडा नं ४ का वडा अध्यक्ष सफिक अहमद मुसलमानले जानकारी दिए ।

    तीन जना सगै सुतेको अवस्थामा मनोजलाई मात्र सर्पले टोकेको हो । सर्पले टोकेको थाहा पाएपछी कपिलवस्तुको गोरुसिगें स्थीत सर्पदंस उपचार केन्द्रमा लैजादै गर्दा बाटोमै मनोजको ज्यान गएको हो । गोमन सर्प घर नजिकै रहेको इटाको थुप्रोमा लुकेको अवास्थामा फेला पारी स्थानियले मारिदिएका छन ।

    यो पनि पढ्नुहोस

    कपिलवस्तुमा नाग पंचमीकै दिन सर्पको डसाइबाट २ जनाको मृत्यु

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार