Trending
  • गैंडाकोटमा बस र म्याजिक ठोक्किँदा २ जना घाईते - Butwal Online
    गैंडाकोटमा बस र म्याजिक ठोक्किँदा २ जना घाईते

    सदिक्षा गैरे
    कावासोती, २१ साउन । नवलपुरको गैंडाकोटमा बस र म्याजिक भ्यान एक आपसमा ठक्कर खाँदा २ जना घाईते भएका छन् ।



    पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७८४१ नम्बरको म्याजिक र सोहि दिशातर्फ आउँदै गरेको ना ५ ख ९००० नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा परि म्याजिक भ्यानमा सवार २ जना घाईते भएका छन् । घाईतेहरुको अहिले भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । बसमा सवार यात्रुहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार